नियम ३६
मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचरण
(१) मेलमिलापकर्ताले सर्वोच्च अदालतले तोकेको मेलमिलाप सम्बन्धी आधारभूत कुरा तथा मेलमिलापकर्ताको लागि मेलमिलाप परिषद्ले जारी गरेको आचारसंहिता पालन गरी प्रचलित कानून बमोजिम मेलमिलाप प्रक्रिया सञ्चालन गर्नु पर्नेछ।
(२) अदालतबाट निर्धारित समयभित्र मेलमिलाप कार्य सम्पन्न हुन नसक्ने लागेमा मेलमिलापकर्ताले सोही व्यहोराको जानकारी अदालतलाई गराउनु पर्नेछ।
(३) मेलमिलाप गर्ने गराउने क्रममा मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा वा मेलमिलाप प्रक्रियाका क्रममा कुनै पक्षले अर्को पक्षलाई नसुनाउने गरी व्यक्त गरेको कुनै कुरा सो पक्षको संहमति नलिई मेलमिलापकर्ताले व्यक्त गर्नु हुँदैन। मेलमिलाप प्रक्रियाको क्रममा तयार गरिएको कुनै लिखत वा टिपोट वा सामग्री सहभागी पक्षको सहमति नलिई मेलमिलापकर्ताले मुद्दाका पक्ष बाहेकका अन्य व्यक्तिलाई उपलब्ध गराउनु हुदैन।
तर मेलमिलापकर्तालाई आफू वा अन्य कुनै व्यक्ति उपर हिंसाको भय वा शारीरिक वा मानसिक असुरक्षा, बाल दुराचार वा विवादको कुनै पक्ष वा तेस्रो पक्षको सुरक्षाको खतरा छ वा हुन लागेको छ भन्ने विश्वास लागेको अवस्थामा यो उपनियम लाग्‌ हुने छैन।